Friday 27 January 2012

youn samadhan


मैले केही महिनाअघि जर्मन रिमेडिज कम्पनीको भिगोरा ५० एमजी तथा १०० एमजीको ट्याबलेट लिएको थिएँ र त्यसको प्रभाव पनि राम्रै थियो । अहिले पनि यो औषधी सेवन गरिरहेको छु । के यसको कुनै साइड इफेक्ट हुन्छ वा दिर्घकालमा केही असर पर्छ । यो औषधी महिलालाई ख्वाउँदा कुनै प्रभाव हुन्छ कि हुँदैन ? पूर्ण जानकारी दिए अभारी हुने थिए ।-- एम.

उत्तरः तपाईंको प्रश्नको जवाफ दिनुभन्दा पहिले पुरुषको लिङ्ग कसरी उत्तेजित हुन्छ भन्ने कुराको चर्चा गरौं ।
यौनसन्देश  पनि हामीले इन्दि्रयहरूबाट ग्रहण गर्छौं र त्यो मस्तिष्कसम्म स्नायुप्रणालीका नसाहरूबाट विद्युतीय तरंग वा रसायनहरूको  माध्यमबाट मस्तिष्कसम्म पुग्छन् र त्यसलाई मस्तिष्कले अर्थ लगाएपछि हामीले थाहा पाउँछौं । यौन उत्तेजना हुने किसिमका  सन्देशहरू प्राप्त भए व्यक्तिमा यौन उत्तेजना बढ्छ । व्यक्तिअनुसार कुन किसिमको सन्देश बढी यौन उत्तेजक हुन्छ भन्ने  कुराचाहिँ फरक-फरक हुन सक्छन् । यसरी यौन उत्तेजित हुन थालेपछि लिङ्गका धमनीहरूबाट बढी मात्रामा रगत लिङ्गमा  भएको उत्थित हुन सक्ने विशेष तन्तुमा जम्मा हुन थाल्छ, साथै लिंगबाट रगत बाहिर निस्कने क्रम घट्छ र लिङ्ग कडा, मोटो  र लामो हुन्छ । यसैलाई हामी लिङ्ग उत्तेजित भएको भन्छौ ।

No comments:

Post a Comment